समता घरेलु लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?

समता घरेलु लघुवित्तको एफपीओ शुक्रवार (कात्तिक २९ गते) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रवार बिहान ९ बजे क्यापिटलकै कार्यालय नारायणचौरमा बाँडफाँट हुने भएको हो ।

सीडीएसका अनुसार एफपीओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका छन्, जसमार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको छ । जुन मागभन्दा ६० दशलमव ७८ गुणा बढी आवेदन हो । कम्पनीको एफपीओमा पाउनका लागि आवेदन दिएका १३ लाख ९९ हजार २९९ जनाको खाली हुने भएको छ ।

कम्पनीले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बरावरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ हकप्रद शेयर विक्री खुला गरेको थियो, जसमा ३५ हजार ९० जनाले मात्रै १०/१० कित्ताका दरले एफपीओ हात पार्नेछन् । सोहीमध्येका ४ जनाले थप १ कित्ता शेयर पाउनेछन् ।

कम्पनीले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो ।

कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । एफपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको