नेप्से घट्दा वित्त समूहको सूचक बढ्यो

बुधवार (आज) नेप्से परिसूचक १४ दशलमव १२ अंक घटेर बन्द भएको छ । यससँगै नेप्से २ हजार ७३४ दशमलव ८३ विन्दुमा कायम भएको हो । गत मंगलवार बजार ११ दशलमव २४ अंक घटेको थियो ।

आज नेप्से घटेपनि कारोबार भने केही बढेको छ । अघिल्लो कारोबार दिन रू. ७ अर्ब ८५ करोड बराबरको कारोबार भएकोमा आज रू. ७ अर्ब ९१ करोड बराबरको भएको हो ।

यो साताको शुरुका दुई कारोबार दिनमा बजार ८४ दशलमव ६८ अंक बढेकोमा त्यसपछिका दुई दिनमा बजार २५ दशमलव ३६ अंक घटेको छ । यसले लगानीकर्ता बजारप्रति विश्वस्त नभएको देखाउँछ । त्यही कारण लगानीकर्ताले तत्काल प्रोफिक बुक गरी सुरक्षित हुन खोजेका छन् ।

आज बजार घटेपनि वित्त समूहको सूचक सबैभन्दा बढी ४ दशमलव २० प्रतिशत वृद्धि भएको छ । अघिकांश कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएसँगै समूहगत सूचक बढेको हो । यस समूहको अधिकांश कम्पनीको शेयर संख्या कम छ, जसका कारण आपूर्ति कम भइ शेयर मूल्य बढ्ने गरेको जानकार बताउँछन् ।

बुधवार सेन्सेटिभ इन्डेक्स १ दशमलव ०४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ६० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशलमव ०६ प्रतिशत घटेको छ । यस दिन ३०८ धितोपत्रको १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता शेयर ७७ हजार ८६१ पटक कारोबार भएको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र श्रृजनशिल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य रू. ७३७ र श्रृजनशिल लघुवित्तको रू. २ हजार ५२४ दशमलव ५० कायम भएको छ ।

बुधवार सबैभन्दा बढी कुथेली बुखरी स्मल हाइड्रोपावरका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा अज १० प्रतिशत घटेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २ हजार ७८९ दशमलव १० मा झरेको छ ।

चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा यस कम्पनीको नाफा घटेको वित्तीय विवरण सार्वजनिक भएसँगै शेयर मूल्य घटेको हो ।

त्यस्तै १० दशमलव २५ प्रतिशत केबिएल डिबेञ्चर २०८६ नामक ऋणपत्रको मूल्य ७ दशमलव ७४ प्रतिशत घटेर रू. १ हजार ६० दशमलव ५० कायम भएको छ ।

शेयर सर्वाधिक खरीदविक्रीको हिस्सा जानकी फाइनान्सले आगेटेको छ । यस कम्पनीको रू. ३३ करोड ८६ लाख बराबरको कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९७९ दशमलव ९० कायम भएका छ । शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा पोखरा फाइनान्सको रू. २५ करोड ८९ लाख बराबरको भएको हो ।

आज कारोबारमा आएका १३ समूहगत सूचकमध्ये चार समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको छ । तीमध्ये वित्त समूहको सूचक सबैभन्दा बढी ४ दशलमव २० प्रतिशत वृद्धि भएको छ भने व्यापार समूहको सूचक १ दशमलव ६१ प्रतिशत वृद्धि भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको