‘फुडमाण्डु वानमार्ट’ शुरू

फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो १४औं वार्षिकोत्सवको अवसरमा ‘फुडमाण्डु वानमार्ट’ सार्वजनिक गरेको छ । सन् २०१० मा स्थापना भएदेखि कम्पनीले अनलाइन फुड डेलिभरी सेवा शुरू गरेर ग्राहकलाई मन पर्ने रेस्टुरेन्टको खाना सजिलै घरमै पुर्‍याउँदै आएको छ । अहिले कम्पनीले काठमाडौं, पोखरा र चितवनमा सेवा दिँदै आएको छ ।

फुडमाण्डु वानमार्टको शुरुआतसँगै अब कम्पनीले ग्राहकलाई ग्रोसरी लगायत दैनिक आवश्यक वस्तु पनि घरमै डेलिभरी गर्ने बताइएको छ । फुडमाण्डु एपबाट ग्राहकले ७०० भन्दा बढी गुणस्तरीय वस्तुको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् । हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायराभित्र पर्ने महाराजगञ्ज, धुम्बाराही, बालुवाटार, मैतीदेवी जस्ता क्षेत्रमा उपलब्ध गराउने र छिटै यो सेवा काठमाडौं उपत्यकाभर विस्तार गरिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले फुडमाण्डुले ग्राहकको आवश्यकता अनुसार सेवालाई विकास गर्दै आएको बताए । फुडमाण्डु वानमार्टको माध्यमबाट ग्राहकलाई दैनिक आवश्यक पर्ने हरेक दिनको किनमेललाई सहज बनाउने बताए ।

वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘फ्यान्टास्टिक १४’ नामक विक्री अभियानको शुरुआत गर्र्दै ७० प्रतिशतसम्मको छूट प्रदान गर्ने भएको छ । अभियानअन्तर्गत फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाइ वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज–फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफर उपलब्ध हुने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको