कात्तिक २७ गते, मंगलबार, दुई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। मन्दाकिनी हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २८ गते बुकक्लोज गर्दैछन्।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।