सुन एकैदिन ताेलामा ४ हजार सस्तियाे

सुनको भाउ बिहिवार एकैदिन तोलामा ४ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ६४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन १ लाख ६८ हजार ५०० रुपैयाँ कायम रहेको थियो ।

बिहीबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला २ हजार १५ रुपैयाँ कायम रहेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको