फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले पहिलो त्रैमासमा रू.३ करोड १० लाख नाफा कमायो

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सर्वाजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको पहिलो त्रैमासमा रू. ३ करोड १० लाख नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा ३८ दशमलव ६७ प्रतिशत कमि आएको हो । सो अवधिमा कम्पनीले रू. ५ करोड ६ लाख नाफा कमाएको थियो । चालू आवको पहिलो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा प्रभावित भएको हो ।

गत आवको तुलनामा चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी २५ प्रतिशत र सञ्चालन नाफा ३८ दशलमव ६७ प्रतिशत घटेको छ । कम्पनीको सञ्चालन नाफा गत आवको पहिलो त्रैमासमा रू. ७ करोड २४ लाख रहेकोमा चालू आवको सोही अवधिमा रू. ४ करोड ४४ लाखमा सिमित भएको छ । त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको पहिलो त्रैमासमा रू. ८ करोड १ लाख रहेकोमा चालू आवको सोही अवधिमा घटेर रू. ६ करोडमा झरेको छ ।

नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ६ पैसा रहेकोमा चालू आवमा १० रुपैयाँ ८ पैसामा झरेको छ । त्यस्तै कम्पनीको निष्क्रिय कर्जा भने गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवमा वृद्धि भएको छ । गत आवमा १ दशमलव ९१ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव ४४ प्रतिशत पुगेको हो ।

पहिलो त्रैमासमा कम्पनीको वितरयणयोग्य नाफा रू. १३ करोड ४३ लाख रहेको छ । सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ १ सय ३५ रुपैयाँ ३२ पैसा रहेको छ ।
चुक्ता पूँजी रू.१ अर्ब २३ करोड रहेको कम्पनीले पहिलो त्रैमासमा रिर्जभमा रू. ३० करोड १९ लाख र रिटेन्ड अर्निङमा रू. १३ करोड ३८ लाख सञ्चिती गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको