मिथिला लघुवित्तको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १० हजार कित्ता संस्थापक शेयर विक्रीमा आएको छ । कम्पनीले कात्तिक २१ गतेदेखि मंसिर ५ गतेसम्म आवेदन दिन सकिने गरी यी शेयर विक्रीमा ल्याएको हो । विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा आएको हो ।

प्रतिकित्ता ४०० रुपैयाँ अंकित मूल्यमा विक्रीमा आएको यी शेयर खरिदका लागि तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ । न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । इच्छुक खरिदकर्ताहरूले कम्पनीको केन्द्रिय कार्यालय ढल्केबर धनुषामा आवेदन पेश गर्नुपर्ने छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको