साताको पहिलो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ९.१९ अंकले घटेको छ । आइतबार नेप्से परिसूचक २६ सय १७.९५ को बिन्दुमा कायम रहेको छ।
बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ५ अर्ब ४१ करोड कारोबार भएकोमा आज ४ अर्ब ७३ करोडको कारोबार भएको छ ।
आज कारोबारमा आएका ३२० कम्पनी मध्ये ९२ वटाको मूल्य बढेको छ भने बाँकिको मूल्य घटेको छ । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा आइसीएफसी फाइनान्स रहेको छ। उक्त कम्पनीले ३२ करोड ६४ लाखको कारोबार गरेको छ।

