नेपाल वेयरहाउजिङले डाक्यो विशेष साधारण सभा, हकप्रदको प्रस्ताव पारित गरिने

नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।

बैठकले आगामी कात्तिक ७ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोग क्याटररमा अपरान्ह ३ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा  कम्पनीको चुक्ता पूँजी वृद्धि गर्न हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट, संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत  पारित गरिनेछ ।

विशेष साधारण सभाको प्रयोजनका लागि कम्पनीले कात्तिक १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको