नेपाल वेयरहाजिङ कम्पनीले १००% हकप्रद शेयर जारी गर्ने

नेपाल वेयरहाजिङ कम्पनीले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो। कम्पनीले चुक्तापुँजी ६८ करोड ७५ लाख रुपैयाँको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

हकप्रद जारी गर्ने निर्णय कम्पनीले विशेष साधारणसभाबाट पारित गर्ने भएको छ। त्यसपछि थप प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको