दशैँ (बाल कविता)

वर्षा सकिएपछि आउछ दशैँ रमाइलो

दशैँको बेला कति राम्रो अनि घमाइलो ॥

दशैँ हामी मनाउँछौ पन्ध्र दिन सम्म

घटस्थापना पहिलो र कोजाग्रत अन्तिम ॥

नौ दिन हुन्छ महिशासुर र दुर्गा बीच युद्ध

दशौं दिनमा विजय भई दैत्य हुन्छ नष्ट ॥

बली दिने परम्परा पहिले देखी चलेको

नयाँ लुगा किन्छौ हामी कती राम्रो राम्रो ॥

रातो टिका निधारमा जमरा छ कानमा

पिङ खेल्दै रमाउँदा खुसीयाली छ मनमा ॥

कती मजा आउँछ चङ्गा उडाउदा

झनै रमाइलो त मामा घर जाँदा ॥

श्रेयशी सिग्देल

कक्षा ६,  युरो स्कुल छाउनी

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको