सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका योजनाहरुको प्रतिफल घोषणा

सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतको सिटिजन्स म्युचुअल फण्डको लाभांश घोषणा भएको छ।  कोष व्यवस्थापक सिटिजन्स क्यापिटल लिमिटेडको संचालक समितिको बैठकले सिटिजन्स म्युचुअल फण्डबाट ९ प्रतिशत नगद लाभांस, सिटिजन्स म्युचुअल फण्ड—२ बाट कर सहित ६।५ प्रतिशत नगद लाभांस र सिटिजन्स सुपर ३० म्युचुअल फण्डबाट कर सहित १० प्रतिशत नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ ।

साथै, उक्त लाभांस वितरण प्रयोजनका लागि मिति २०८१ आश्विन २३ गते एक (१) दिन सिटिजन्स म्युचुअल फण्ड—१, सिटिजन्स म्युचुअल फण्ड—२, सिटिजन्स सुपर ३० म्युचुअल फण्ड को ईकाइधनी दर्ता किताब बन्द रहने छ ।

चालू आर्थिक वर्षमा समग्र आर्थिक चुनौतीहरुका बाबजुत पनि सिटिजन्स क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गतका तिनै वटा योजनाहरुमा लाभांस दिन सक्षम भएको छ ।

सिटिजन्स क्यापिटलले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरु थप्दै ग्राहकहरुलाई पुर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको