रुरु जलविद्युतद्वारा लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांशको प्रस्ताव गरेको छ।

उक्त बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले १.०.८०(८० प्रतिशत)हकप्रद जारी गर्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको