काठमाडौं उपत्यकामा बाढीपहिरोबाट ३४ जनाको मृत्यु, २ हजार घर डुबानमा

बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौंमा ११ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका १ हजार ३ सय १५ जनाको उद्धार गरिएको उनले बताए । बाढीपहिरोबाट काठमाडौंमा ४ घर भत्केका छन् भने भक्तपुरमा एउटा घरमा क्षति पुगेको छ ।

काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा ५ सय र भक्तपुरमा ४ सय १७ गरी उपत्यकामा दुई हजार २ सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा ३ हजार ६०, ललितपुरमा १ हजार १ सय र भक्तपुरमा ३ सय ५० प्रहरी खटिइएको प्रहरी वरिष्ठ उपरीक्षक घिमिरेले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको