नेपाल बैंकका ग्राहकलाई दराजमा छूट

नेपाल बैंक लिमिटेड र अनलाइन ई–कमर्स प्लेटफर्म दराज केयमु प्रालिबीच बैंकमा निक्षेप खाता रहेका ग्राहकलाई दराजको अनलाइन पोर्टलमार्फत सामान खरीद गर्दा छूट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहकलाई छूट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको बताइएको छ । बैंकका निक्षेपकर्ताले दराजद्वारा अनलाइन सामान खरीद गर्दा डेबिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम रू. १ हजार ५०० सम्म छूट हुने र क्रेडिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रू. २ हजार बराबरकोे छूट प्राप्त गर्न सकिने बताइएको छ । छूट प्राप्त गर्न बैंकका शाखामा सम्र्पक गरी आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न बैंकले आग्रह गरेको छ । असोज ११ देखि शुरू भएको यो योजना असोज २१ सम्म लागू हुने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको