
मन्दाकिनी हाइड्रोपावरले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
गत असोज ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६प्रतिशत नगद लाभांश छन्।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।
यसैगरी, सोही बैठकले कम्पनीको लेखापरिक्षकको प्रतिवेदन, २०८१ असार मसान्तको वासलात तथा आव २०८०/०८१ को नाफा नोक्सान हिसाब, शेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायतका विवरणहरु स्वीकृतिका लागि आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय समेत गरेको छ ।