नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पुन: शुरु

अर्थमन्त्रालयले एक सूचना मार्फत यसअघि छनौट भएरपनि सहभागी नभएका उम्मेदवारलाई अन्तरवार्तामा डाकेपछि नियुक्ति प्रक्रिया अघि बढेको हो।

मन्त्रालयले कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा नवराज अधिकारीलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि  असोज १८ गते बिहान ८ बजे बोलाएको हो।

यसअघि अन्तिम पाँच जनामा परेका मध्ये यी तीन जना उम्मेदवार अन्तरवार्तामा सहभागी नभएपछि छनौट समितिले धितोपत्र बोर्ड अध्यक्षको लागि अन्तिम तीन जनाको नाम सिफारिस गर्न सकेको थिएन। जसकारण  बोर्डको अध्यक्ष सिफारिस गर्न गठित समितिले गत असार १४ गते सूचना जारी गर्दै अहिलेसम्मका सबै प्रक्रिया रद्द गरेको थियो ।

समितिले असार पहिलो साता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीमा परेका पाँच जनालाई अन्तरवार्ताका लागि बोलाएको थियो । पाँच मध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्ने योजना थियो ।

तर प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठ मात्रै अन्तरवाता लागि पुगेका थिए । त्यसपछि छनोट प्रक्रिया विवादित बनेपछि उक्त प्रक्रिया नै रद्द गरिएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको