काठमाडौं विश्वविद्यालयमा तीन दिने अन्तरराष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं विश्वविद्यालयमा यही असोज ११ गतेदेखि २५औं अन्तरराष्ट्रिय बहुजातीय साहित्य सम्मेलन आयोजना हुने भएको छ।

काठमाडौं विश्वविद्यालय र बहुजातीय साहित्यसम्बन्धी अन्तरराष्ट्रिय संस्था ‘द सोसाइटी फर द स्टडी अफ द मल्टि इथ्निक लिटरेचर अफ द वर्ल्ड ९मेलो० को संयुक्त आयोजनामा तीन दिनसम्म सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा साहित्य र प्राकृतिक परिवेशको सम्बन्धलाई प्रगाढ रुपले चित्रण गर्दै प्राकृतिक परिवेशको बुझाइले मानव जीवनमा के(कस्ता प्रभाव पार्छन् भन्नेलगायतका विषयमा छलफल हुने मेलोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

सम्मेलनमा करीब ८० राष्ट्रिय र १२० अन्तरराष्ट्रिय गरी जम्मा २०० सहभागी रहने छन् भने करीब १२० ओटा कार्यपत्र प्रस्तुत गरिनेछन्।

सम्मेलनमा साहित्य र यसको प्रकृतिसँगको सम्बन्धमा केन्द्रित रहेर प्रा. कृष्णचन्द्र शर्मा, प्रा. आनन्द शर्मा, प्रा. रामचन्द्र पौडेल र प्रा. जीवलाल सापकोटा लगायतको समूह छलफल हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको