औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिचको आयात खुला

औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र मरिचको आयात खुला गरिएको छ । सरकारले यही असोज ७ गते राजपत्रमा सूचना प्रकाशित गरी औद्योगिक प्रयोजनका लागि यी वस्तुको आयात खुलाएको हो ।

औद्योगिक प्रयोजनमा कच्चा पदार्थका लागि मात्र केराउ, सुपारी र सेतो र कालो मरिचको पैठारी अनुमति दिने निर्णय गरिएको सूचनामा उल्लेख छ ।

सरकारले यसअघि २०७६ चैत २४ गतेको राजपत्रमा सूचना निकालेर यी वस्तुको पैठारीमा बन्देज लगाएको थियो । विदेशी विनिमयको सञ्चिति घटेको भन्दै यी लगायतका वस्तुको आयातमा नियन्त्रणको नीति लिइएको थियो ।

आयात प्रतिबन्ध लगेकामध्ये औद्योगिक कच्चा पदार्थको रूपमा प्रयोग गर्न मरिचको आयात यसअघि नै खुलाइएको थियो । केराउ र सुपारीको पैठारीमा भने प्रतिबन्ध कायमै थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको