युनिलिभर नेपालको हालसम्मकै उच्च लाभांश घोषणा

युनिलिभर नेपाल लिमिटेडले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

कम्पनीले शेयरधनीलाई प्रतिकित्ता  १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो  लाभांश  अहिलेसम्मकै उच्च हो ।

असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गर्ने निर्णय गरेको हो ।

यसअघि कम्पनीले आव २०७९/८० मा १५८० प्रतिशत नगद लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

लाभांश पारित गर्न कम्पनीले आगामी कात्तिक १२ गते साधारणसभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले असोज २८ देखि कात्तिक १२ गतेदेखि बुक क्लोज गर्ने भएको छ ।

यस आधारमा हुँदा असोज २३  गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउनयोग्य हुने छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको