नेप्से उच्च अंकले गिरावट, कारोबार रकम भने बढ्यो

साताको दोस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक २.२८ प्रतिशत अर्थात ५९.०२ अंकले घटेर २ हजार ५२९.३३ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.९४ प्रतिशतले घटेर ४५४.४१ विन्दुमा खुम्चिएको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर ५ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा रातो पोतियो । आज वित्त समूह सर्वाधिक अर्थात ५.५६ विन्दुमा सीमित बनेको छ । बैंकिङ समूह आज १.२७ प्रतिशत, विकास बैंक, होटल ३.३४,हाईड्रो २.८९, होटल ३.३४,लगानी २.७३,जीवन बीमा २.३५,उत्पादन तथा प्रशोधन १.८१,लघुवित्त २.५६,म्युिचुअल फण्ड ०.४८,निर्जीवन बीमा २.६९,अन्य २.२२ र व्यापार समूह ३.९३ प्रतिशतले घट्यो ।

यस दिन हिमालयन हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने रावा इनर्जी डेभलपमेन्ट, नेपाल फाइनान्स र मातृभूमि लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन ४ स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुडविल फाइनान्स, समृद्धि फाइनान्स, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड र इष्टर्न हाइड्रोपावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन २१ करोड १३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन सिईडिबी हाइड्रोपावर डेभलपमेन्टको करिब साढे १३ करोडको शेयर खरिदबिक्री भएको छ भने हिमालयन रि इन्स्योरेन्सको साढे १२ करोडको शेयर कारोबार भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको