एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई योजनाहरूले गत वर्षको मुनाफाबाट प्रतिफल प्रस्ताव गरेका छन् ।
गत वर्षको मुनाफाबाट एनएमबि फिफ्टीले कर समेत १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले कर समेत १० प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका हुन । दुबै योजनाहरूले प्रस्तावित प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति समेत तय गरिसकेका छन् ।
एनएमबि फिफ्टी र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले गत आर्थिक वर्षको लागि प्रस्ताव गरेको प्रतिफल प्रयोजनका लागि असोज ११ गते एक दिन बुक क्लोज गर्न लागेका हुन । बुक क्लोजको आधारमा असोज १० गतेसम्म कायम इकाईधनीहरूले मात्र यी दुई योजनाको प्रतिफल प्राप्त गर्न सक्नेछन् । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको योजनाको रुपमा सञ्चालित एनएमबि फिफ्टीले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । यस योजनको गत असार मसान्तसम्मको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ ११ पैसा रहेको थियो ।
त्यस्तै १० वर्षे अवधिको रुपमा सञ्चालित बन्दमुखी प्रकृतिको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ले भने १२ करोड २१ लाख इकाई जारी गरेको थियो । गत असार मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार यस योजनको प्रति इकाई खुद सम्पत्ति मूल्य १२ रुपैयाँ २२ पैसा रहेको देखिन्छ ।

