कामना सेवा विकास बैंकले घोषणा गर्यो लाभांश

कामना सेवा विकास बैंकले सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर समेत) गरी कुल १२ प्रतिशत लाभांश वितरणको घोष्णा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।  कामना सेवा विकास बैंक यो वर्ष लाभांश घोषणा गर्ने पहिलो विकास बैंक पनि बनेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको