काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय, लुभु ललितपुरले वित्तीय संस्थामा आबद्ध केन्द्र प्रमुख तथा सदस्यको उपस्थितिमा ‘एकदिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी’ सम्पन्न गरेको छ । ‘एक सदस्य एक लघुवित्त’ नाराका साथ आयोजना गरिएको कार्यक्रम ग्राहक सदस्यको चेतनामा वृद्धि, सामूहिक भावनाको विकास, नेतृत्व क्षमताको विकास, बचत गर्ने बानीको विकास, ग्राहक सदस्यलाई उद्यमी बनाउने उपाय, डिजिटल बैंकिङ सेवा, बहुबैंकिङबाट बच्ने उपाय लगायत विषयवस्तुमा केन्द्रित रहेको बताइएको छ ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले संस्थाले ग्राहक सदस्यलाई बचत गर्ने बानीको विकास गराउँदै कर्जा कारोबार गरी उद्यमशील बन्न सघाएको भन्दै प्रशंसा गरिन् । संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागार्इंले संस्थाले ग्रामीण समुदायको जीवनस्तर उत्थानलाई प्राथमिकता दिएको बताए । संस्थाबाट लिएको कर्जाको सदुपयोग गरी व्यापार, व्यवसाय सफल बनाउन सुझाव उनले दिए ।