बर्दियामा गैंडाको आक्रमणमा परी एक जना प्रकृति पथ प्रर्दशकको मृत्यु भएको छ। मधुवन नगरपालिका – १ स्थित बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित डल्ला सामुदायिक वनमा गैँडाको आक्रमणमा परी अमेरिकन नागरिकसहित एकजना स्थानीय चौकीदार घाइते भएका हुन्।
जंगल वाकमा रहेका बेला जंगली गैंडाको आक्रमणमा परी ठाकुरबाबा नगरपालिका- ९ का ३५ वर्षीय नेचर गाईड मनमोहन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए। गैँडाले आक्रमण गर्दा विदेशी पर्यटकलाई बचाउन उनको मृत्यु भएको बताइएको छ।
घाइते हुनेहरूमा अमेरिकन नागरिक ५६ वर्षीय एमसी लेनडन शावन र सामुदायिक वनका चौकीदार ५८ वर्षीय स्थानीय खिन्चु चौधरी छन्।