बरुण हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा बोलाएको छ ।
गत भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले २१ औं वार्षिक साधारण सभा बोलाएको हो । सभा आगामी असोज १३ गते काठमाडौंको धुम्रबाराहीस्थित लर्ड पार्टी भेन्यूमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभामा हकप्रद शेयर गर्ने प्रस्ताव अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सोही सभाले कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
यसैगरी,सभाले आव २०८०/०८१ को वार्षिक प्रतिवेदन,लेखापरीक्षकको प्रतिवेदनसहितको लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणहरु पारित गर्ने छ । सोही सभाले आव २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि असोज २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।
कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने योजना बनाएको छ ।जसका लागि यसअघि नै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन समेत दिइसकेको छ।

