नेपाल इन्भेष्टमेण्टको संस्थापक शेयर बिक्रीमा, सर्वसाधारणले पनि खरिद गर्न पाउने

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक समूहतर्फको शेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ ।

यसअघि कम्पनीले संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो ।

तर उक्त अवधिसम्ममा पनि शेयर खरिदका लागि कुनै आवेदन नपरेपछि कम्पनीले सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

अब यस शेयर किन्न इच्छुक व्यक्ति वा संघसंस्थाले सात दिनभित्र कम्पनीको लाजिम्पाटस्थित शेयर शाखामा निवेदन दिनु पर्नेछ ।कम्पनीले बिक्रीमा राखिएको शेयरको परिमाण र प्रतिकित्ता मूल्य भने खुलाएको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको