आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बीमा अभिकर्ता तालिम आयोजना

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम आयोजना गरेको छ ।

कम्पनीले अभिकर्ताका रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि निर्जीवन बीमा अभिकर्ताको तालिम भर्चुअल माध्यमबाट आयोजना गरेको हो ।तीन दिने उक्त तालिममा विभिन्न जिल्लाहरुबाट ३६ जना व्यक्तिहरुको सहभागिता थियो ।

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने योजना रहेको तालिममा सहभागी उनीहरुले बताएका छन् । तालिममा सहभागी अभिकर्ताहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

यस प्रकारको तालिमबाट निर्जीवन बीमाको क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरे बमोजिम अभिकर्ताहरुको माध्यमबाट ग्राहकहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा  गरेको कम्पनीले बताएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको