कुमारी बैंकले नारीहरुको पर्व हरितालिका तीजलाई लक्षित गर्दै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ ।
रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीज पर्वको अवसरमा क्यास ब्याक योजना सञ्चालन गरेको कम्पनीले बताएको छ ।
कम्पनीले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्फत रकम भूक्तानी गर्दा तिजको शुभकामना स्वरुप यहि भदौ २० देखि २६ गतेसम्म प्रत्येक दिन २५ जना सेवाग्राहीलाई १०० रुपैयाँको क्यास ब्याक योजना सञ्चालनमा ल्याएको हो ।
यस योजनाबाट सेवाग्राहीहरुको विद्युतीय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास लिएको पनि कम्पनीले बताएको छ । कम्पनीले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईमार्फत ग्राहकलाई सेवाहरु प्रदान गर्दै आइरहेको छ ।