नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालिबीच बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्तालाई छूट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले एयर टिकटमा ८ प्रतिशतसम्म छूट पाउने भएका हुन् ।
सम्झौतापत्रमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा र बुद्ध एयरका सञ्चालक (मार्केटिङ, सेल्स) रुपेश जोशीले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा बैंकका सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रविन मुनि वज्राचार्य लगायतको उपस्थिति थियो । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।