अग्राधिकार शेयर जारी गर्दै नबिल बैंक

नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । सोमवार काठमाडौंमा सम्पन्न बैंकको विशेष साधारणसभाले रू. ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकको व्यापार वृद्धि तथा जोखिमलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजीको माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका शर्त र व्यवस्था बमोजिम तथा नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी गर्ने गरी उक्त प्रस्ताव पारित गरेको हो ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकलाई यो उचाइमा पुर्‍याउनमा शेयरधनी लगायत सरोकारवाला पक्षबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए ।

सभाले पारित गरेको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको मताधिकार नहुने भएकोले वर्तमान शेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार शेयर संस्थागत लगानीकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिने बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको