नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ।
निगम सञ्चालक समितिको बैठकले आइतबार बिहानदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले भाउ घटाएको हो।
यसैगरी, आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर ५ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाइएको छ।
निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः १६०.५०, १६२ र १६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः १५१.५०, १५३ र १५४ रुपैयाँ निर्धारण गरेको छ।
निगमले पेट्रोल पहिलो, दोस्रो र तेस्रो वर्गका क्षेत्रमा प्रतिलिटर क्रमशः १६०.५०, १६२ र १६३ तथा डिजेल र मट्टितेल प्रतिलिटर क्रमशः १५१.५०, १५३ र १५४ रुपैयाँ निर्धारण गरेको छ।
एलपी ग्यासको खरिद मूल्यमा प्रतिसिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको छ। तर, बिक्री मूल्य यथावत् नै राखिएको निगमले जनाएको छ।