हिम पर्वत हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ ।
साउन ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव लगायत विविध प्रस्ताव पारितका लागि भदौ २३ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । कम्पनीको रजिष्ट्रार कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय कम्पनीले गरेको हो ।
सभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्तावलाई समेत स्वीकृति प्रदान गर्नेछ । साथै गत आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्दै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले टुङ्ग्याउनेछ ।

