सूर्योदय वोमी लघुवित्तको एफपीओ सूचीकृत

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको छ । कम्पनीले साउन १६ गते बाँडफाँट गरेको ४६ लाख ७२९ दशमलव ५४५० कित्ता एफपीओ आइतबार दोस्रो बजारमा सूचीकृत गराएको हो ।

सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि कारोबार योग्य हुने यी शेयर आगामी दुई कारोबार दिन सार्वजनिक विदाका कारण बजार बन्द हुने भएकाले बुधवारदेखि कारोबारमा आउनेछ । हाल दोस्रो बजारमा सूचीकृत यस कम्पनीको एफपीओ हालकै मूल्यमा कारोबारमा आउनेछ । यस कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९५० रूपैयाँ रहेको छ । कम्पनीको एफपीओ प्रतिकित्ता १०० रुपैयाँमा विक्री गरिएको हो ।

कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म एफपीओ विक्री गरेको थियो । यस कम्पनीले आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट १४ दशमलव ००५१ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव साउन ३२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।

एफपीओपछि कायम चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार रुपैयाँको आधारमा १२ करोड ८२ लाख १० हजार रुपैयाँ बराबरको बोनस शेयर कम्पनीले वितरण गर्न लागेको हो । यो बोनस शेयर साउन २३ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् । कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन २४ गते एक दिन बुक क्लोज गरेको थियो । यो लाभांश साउन १६ गते बाँडफाँटमा एफपीओ प्राप्त गर्ने लगानीकर्ताले समेत प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको