मानुषी लघुवित्त नोक्सानी सुधार्दै ३ करोडभन्दा बढी नाफामा

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म १ करोड ९१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्म ४ करोड ४२ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष भने नोक्सानी सुधार्दै खुद नाफा गरेको हो ।

गत वर्ष कम्पनीको सञ्चालन नाफा २ करोड ७२ लाख रूपैयाँभन्दा बढी भएको छ । गत वर्ष इम्पेरमेन्ट चार्ज वापत्को १ करोड ३८ लाख रूपैयाँभन्दा बढी रकम फिर्ता भएसँगै कम्पनी नाफामा गएको हो । हाल कम्पनीको चुक्तापूँजी १० करोड ९३ लाख रूपैयाँभन्दा बढी रहेको छ भने रिटेन अर्निग १ करोड १७ लाख रूपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । अघिल्लो वर्ष ४ करोड २३ लाख रूपैयाँभन्दा बढी रहेको जगेडा कोष रकम गत वर्ष ५ करोड ४७ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

गत वर्ष चौथो त्रैमाससम्म कम्पनीले ९८ करोड ७८ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने कर्जा सापटी १८ करोड ३७ लाख रूपैयाँभन्दा बढी रहेको छ । कर्जा सापटी रकम १ अर्ब २८ करोड ५३ लाख रूपैयाँभन्दा बढी छ । अघिल्लो वर्ष ७ दशमलव ९० प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष घटेर ४ दशमलव ४६ प्रतिशतमा झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी १७ रूपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रूपैयाँ २ पैसा रहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको