विद्युत विक्री आम्दानी घट्सँगै घट्यो माउन्टेन इनर्जी नेपालको नाफा

माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा गत वर्षको सोही अवधिमा ४५ दशमलव ७१ प्रतिशत घटेको छ ।

अघिल्लो वर्ष कम्पनीले रू.३७ करोड ५२ लाख नाफा कमाएकोमा गत वर्ष घटेर रू. २० करोड ३६ लाखमा झरेको हो । गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । अघिल्लो वर्ष कम्पनीले विद्युत विक्री बापत रू. १ अर्ब १८ करोड आम्दानी गरेकोमा गत वर्ष घटेर रू. ९७ करोड ६२ लाखमा झरेको छ ।

नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ ।अघिल्लो वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ७ पैसा रहेकोमा गत वर्ष घटेर ८ रुपैयाँ ९९ पैसामा झरेको हो । गत वर्ष कम्पनीको प्रतिशेयर आम्दानी १४५ रुपैयाँ ४२ पैसा रहेको छ ।

कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब २६ करोड रहेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रिटेन्ड अर्निङमा रू. १ अर्ब २ करोड ७९ लाख सञ्चिती गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको