नेप्सेमा दोहोरो अंकको सुधार, २३ अर्बभन्दा बढीको सेयर किनबेच

साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३४.२९ अंकले बढेर २ हजार ९५७.७५ विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ।

आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ प्रतिशतले बढेर ५१९.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

बजारले इन्ट्रा डे करेक्सन गर्दै अल टाइम हाईको बाटोमा अघि बढेको देखिन्छ ।

आज नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज वित्त समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ७.६७ प्रतिशतले बढेर ३ हजार ९६९.९० विन्दुमा पुग्यो ।  आज विकास बैंक समूह बैंकिङ समूह ०.७२ प्रतिशत, विकास बैंक ३.०७,वित्त ७.६७, होटल २.३७,हाईड्रो १.९१,लगानी २.४९,उत्पादन तथा प्रशोधन ०.६४,निर्जीवन बीमा ०.७४,अन्य ०.८३ र व्यापार समूह ०.३९ प्रतिशतले बढ्यो ।  आज जीवन बीमा समूह ०.०८ प्रतिशत,लघुवित्त ०.७० र म्युचुअल फण्ड ०.९० प्रतिशतले घट्यो ।

आज  सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, मातृभूमि लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, माउन्टेन हाइड्रो नेपाल, हिमालयन हाइड्रोपावर, इंग्वा हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर, गुडविल फाइनान्स र अपि पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मन्दाकिनी हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८६ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ८४ करोड भन्दा बढीको शेयर कारोबार भएको छ भने अपि पावरको साढे ७५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको