आइएमई र जीएमईबीच बुधवारदेखि संयुक्त कारोबार शुरु

ई ठूला रेमिट्यान्स कम्पनी आइएमई र जीएमईले बुधवारदेखि संयुक्त कारोबार शुरु गरेका छन् । नेपालको पहिलो रेमिट कम्पनी आइएमई रेमिट्यान्सले जीएमई रेमिट्यान्ससँग मर्ज गर्दै आजदेखि संयुक्त कारोबार शुरु गरेका हुन् ।

बुधवार दुई ठूला रेमिट्यान्स कम्पनीको एकीकृत कारोबारको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरे । आइएमई र जीएमई रेमिट मर्ज भएपश्चात अब आइएमई लिमिटेडको नामबाट कारोबार शुरु गरेका छन् ।

एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक करोड चुक्ता पुँजीको आइएमईले अहिले एक अर्ब भन्दा बढीको कम्पनी भएको बताए। उनले आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका विभिन्न डेढ दर्जन बढी क्षेत्रमा लगानी बिस्तार गरेको बताए ।

उनले रेमिट्यान्स सेवाबाट व्यवसायिक यात्रा शुरु गरेको आइएमईले अहिले आफ्नो लगानी सेवामुलक, उत्पादनमुलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा बिस्तार गरिरहेको बताए । उनले आइएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केवलकार, होटल तथा रिसोर्ट, जलविद्युत, अटोमोबाइल, बीमा, शिक्षा, स्वाथ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनीहरु सक्रिय रहेको समेत बताए ।

उनले आइएमई शुरुवातको समय करिव २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिव ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको दाबी समेत गरे । अध्यक्ष ढकालले रेमिट्यान्स क्षेत्रमा यो नेपालकै पहिलो मर्जर भएको बताए ।

राष्ट्र बैंकले रेमिट कम्पनी मर्जर गर्न लिएको नीति कार्यान्वयन गर्ने आइएई पहिलो बनेको छ । मर्जरपछि कारोबार रकमका आधारमा आईएमई र जीएमइ मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुने भएको छ । आईएमईको पुँजी ९० करोड र जीएमईको पुँजी २५ करोड रुपैयाँ रहेको पुँजी मर्जपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ कायम हुनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको