उक्त सभामा मर्जरमा जाने, कुनै पनि लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति÷समाहित हुने,डिमर्जर गर्ने, उपयुक्त लघुवित्त पहिचान गर्ने र यससँग सम्बन्धीत सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न नियमनकारी निकायहरुबाट कुनै निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि संस्थाले साउन ३१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ साउन ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको विशेष साधारण सभामा सहभागी हुन योग्य हुनेछन् ।

