कम्पनीको नियमावलीको नियम २७ को उपनियम(२)(क)अनुसार नेपाल पुनर्बीमाको सञ्चालक समितिमा समूह ‘क’ नेपाल सरकारबाट मनोनित अध्यक्षसहित ३ जना सञ्चालक सदस्य रहने व्यवस्था रहेको छ ।
कम्पनीको अध्यक्ष स्वतः रिक्त भएकाले कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले बीमा ऐन,२०७९ को दफा ५२(४) को व्यवस्था बमोजिम अध्यक्षको अनुपस्थितिमा जेष्ठ सञ्चालक नवराज मुडभरीले बैठकको अध्यक्षता गर्ने र अध्यक्षको पद खाली भएको जानकारी अर्थ मन्त्रालयमा पठाउन व्यवस्थापनलाई निर्देशन दिने निर्णय गरेको छ ।

