उच्च अंकको करेक्सन आएको भोली पल्टै नेप्सेमा पुन उछाल

मंगलबार भएको उच्च अंकको करेक्सनपछि, नेप्से पुनः बुधबार उच्च अंकले बढेको छ ।

आज नेप्से परिसूचक ४.०८ प्रतिशत अर्थात १०८.३५ अंकले बढेर २ हजार ७५९.६७ विन्दुमा पुगेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ४.०६ प्रतिशतले बढेर ४८३.४६ विन्दुमा पुगेको छ । नेप्से परिसूचक बढेपनि यस दिन भोल्यूम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ ।

अघिल्लो दिन हालसम्मकै उच्च, २३ अर्ब ७१ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३३० स्टकको २ लाख १२ हजार ६८१ पटकको कारोबारमा १७ अर्ब ९५ करोड ९ लाख १८ हजार रुपैयाँ बराबरको ३ करोड ८० लाख ४१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज अन्य समूहमा सर्वाधिक अर्थात ७.८९ प्रतिशतको उछाल आयो । बैंकिङ समूह २.३२ प्रतिशत, विकास बैंक ४.५१, वित्त ७.६३, होटल ५.१३, हाईड्रो ५.७२, लगानी ३.८९, वन बीमा ३.९७, उत्पादन तथा प्रशोधन ३.५३, लघुवित्त २.१७, म्युचुअल फण्ड १.०१, निर्जीवन बीमा ३.०८ र व्यापार समूह ५.५३ प्रतिशतले बृद्धि भएको छ ।

यस दिन बोटलर्स नेपाल, गुडविल फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेशिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, मैलुङ्ग खोला जलविद्युत कम्पनी, दोल्टी पावर कम्पनी, सिटि होटल, हिमालयन रि इन्स्योरेन्स, सेन्ट्रल फाइनान्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मूल्य घटेका स्टकहरुको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब ५३ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएका छ। त्यस्तै, यस दिन नेपाल फाइनान्सको ६५ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सानिमा माइ हाइड्रोपावरको करिब ५६ करोडको शेयर किनबेच भएको छ ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको