
नुवाकोटको शिवपुरीमा -७ सूर्य चौर इलाकामा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको छ। काठमाडौंबाट रसुवाको स्याप्रुबेसीका लागि उडेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार हेलिकोप्टरमा पाइलटसहित पाँचजना सवार थिए। उनीहरुको अवस्था खुलेको छैन।
विस्तृत विवरण आउन बाँकी रहेको छ ।