अबिरल बर्षाले काठमाडौं उपत्यकाको जनजीवन प्रभावित

अबिरल वर्षाका कारण मंगलबार बिहानदेखि काठमाडौं उपत्यकाका जलमग्न भएको छ ।

निरन्तरको वर्षाले काठमाडौं उपत्यका भएर बग्ने खोला, नदीमा पानीको सतह बढ्नाका साथै किनार र आसपासका बस्ती प्रभावित भएका छन् । वर्षाले मुख्य सडक जलमग्न हुँदा सडक यातायात प्रभावित बनेको छ । वर्षाका कारण उपत्यकावासीहरूकाे जनजीवन प्रभावित बनेकाे छ ।

निरन्तरको वर्षाले स्वयम्भुको सानो भर्‍याङ तथा ठुलाे भ-याङ क्षेत्र, बल्खुको तरकारी बजार, कुलेश्वरको फलफूल बजार तथा सुकुम्बासी बस्तीमा बाढी पसेको छ । माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन समेत फुटेर थप डुबान भएको छ । र्कीतिपुर ६ चोभारमा पहिरोले हेटौँडा बल्खु सडक अवरुद्ध भएको छ ।

जल तथा मौसम विभागका अनुसार काठमाण्डौं उपत्यका स्थित बाग्मती नदीको गौरीघाट,खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ र बढ्दो क्रममा रहेको,पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरुले बेलुका ५ बजे सम्म उच्च सतर्कता अपनाउन अनुराेध गरेकाे छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको