गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ बिसौनामा पहिरोले दुई घर पुरिंदा चार जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
हुकुम विक, गोरे विक, मसुरी विक र रियन्सा विकको पहिरोमा पुरिएर मृत्यु भएको छ भने विष्णु विक र मुना विकलाई उद्धार गरेर स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ। गुल्मीमा निरन्तर वर्षात् भइरहेको छ ।

