नेप्से  परिसूचक २८ सय विन्दुबाट फेरि फर्कियो, २१ अर्ब ८६ करोड भन्दा बढीको कारोबार

साताको दोस्रो कारोबार दिन  नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको बृद्धि आएको छ ।

आज नेप्से परिसूचक  ४०.७६ अंकले बढेर २ हजार  ७९६.३८ विन्दुमा पुगेको छ । आज बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१९ प्रतिशतले घटेर ४९१.७८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको ४ करोड ९६ लाख ६६ हजार ७६१ कित्ता सेयर २१ अर्ब ८१ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

सोमबार कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ५ उपमूहको सूचक नकारात्मक देखिएको छ। यस दिन होटल उपसमूहको सूचक ६.६९ प्रतिशतले बढेको छ भने अन्य उपसमूह र कारोबार उपसमूहको सूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ। यता फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.६१ प्रतिशतले घटेको छ।

आज रुरु जलविद्युत, सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट, सगरमाथा जलविद्युत लगायतका ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ५ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ।

यस्तै  नेपाल फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्दा हिमालयन लघुवित्तको ७.६२ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ६.२६ प्रतिशतले घटेको छ।

आज हिमालयन रि इन्स्योरेन्सको १ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ४९ करोड र सानिमा हाइड्रोपावरको ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको