सुनको मूल्य हालसम्म कै उच्च, एक तोलाको मूल्य डेढ लाख

साताको दोस्रो कारोबार दिन आइतबार पहेंलो धातु सुनको मूल्य बढेको छ ।

आइतबार प्रतितोला १ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन सोमबार ३०० रुपैयाँले बढेकोे छ । यस दिन छापावाला सुन प्रतितोला  १ लाख ५० हजार रुपैयामा कारोबार भइरहेको छ ।यसअघि गत साउन १८ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य तोलाको १ लाख ४९ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै,  तेजावी सुनको मूल्य पनि ३०० रुपैयाँले घटेर प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको  नेपाल सुन चाँदी ब्यवसायी महासंघले बताएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख २८ हजार  ६००  रुपैयाँ तोकेको  छ ।  त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५३० रुपैयाँ छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको