नबिल बैंकले चौथो त्रैमाससम्ममा कमायो ७ अर्बभन्दा बढी नाफा

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नबिल बैंक लिमिटेडले ७ अर्ब ६ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष कम्पनीको खुद नाफा १० दशमलव २३ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म कम्पनीले ६ अर्ब ४० करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । नबिल बैंकले गत वर्ष १६ अर्ब २० करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ भने इम्पेरमेन्ट चार्ज वापत्को ३ अर्ब २२ करोड रूपैयाँभन्दा बडी रकम फिर्ता भएको छ । अघिल्लो वर्ष यस अवधिसम्म नबिलको इम्पेरमेन्ट चार्ज वापत् ५ अर्ब ४२ करोड रूपैयाँभन्दा बढी रकम छुट्याएको थियो ।

गत वर्ष बैंकको सञ्चालन नाफा साढे ३ प्रतिशत बढी ९ अ र्ब ८४ करोड रूपैयाँ भएको छ । यो अवधिसम्म बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी छ । हाल बैंकको चुक्तापूँजी २७ खर्ब ५ करोड ६९ लाख ९७ हजार रूपैयाँ छ । रिटर्न अर्निग ३ अर्ब ८५ करोड रूपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने २८ अर्ब ६५ करोड रूपैयाँभन्दा बढी छ । निक्षेप संंकलन अघिल्लो वर्षभन्दा १६ दशमलव ४४ प्रतिशत बढी र कर्जा प्रवाह करिब १३ प्रतिशत बृद्धि भएको छ ।

गत वर्ष बैंकले १२ महिनामा ४ खर्ब ६२ अर्ब ८ करोड रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको हो भने ३ खर्ब ७३ अर्ब ९७ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको हो । अघिल्लो वर्ष १ दशमलव १८ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष १ दशमलव शून्य ७ प्रतिशतमा सिमित भएको छ । प्रतिशेयर आम्दानी २६ रूपैयाँ ९ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २२० रूपैयाँ १६ पैसा छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको