नेपाल एसबिआई बैंकको २ शाखा कार्यालय स्थानान्तरण

नेपाल एसबिआई बैंकले दुई अलग- अलग स्थानका शाखा कार्यालयहरु स्थानान्तरण गरेको छ ।

कम्पनीले बागलुङ नगरपालिका-२, लालिगुराँस चोकमा अवस्थित शाखा कार्यालय सोही नगरपालिकाको वडा नं-३ स्थित हलन चोकमा स्थानान्तरण गरेको हो ।

त्यसैगरी, कम्पनीले पोखरा महानगरपालिका-८ सभागृह चोकमा अवस्थित सृजनाचोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरेको छ ।  दुबै शाखाले नयाँ परिसरबाट सेवा सुभारम्भ गरेका कम्पनीले बताएको छ । यसबाट ग्राहकलाई थप सुबिधासहितको बैकिङ सेवा उपलब्ध हुने अपेक्षा गरेको कम्पनीको भनाइ छ ।

यसैबीच,कम्पनीले बाग्लुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत तिर्थालुहरुको सहजताका लागी आर्थिक सहयोग गरेको छ । कार्यक्रममा कम्पनीका  प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका छन् ।

उक्त कार्यक्रममा कम्पनीका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तीय अधिकृत राजेश कूमार पंडा, प्रमूख सञ्चालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरु समेतको उपस्थिति  थियो । कम्पनीले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरु गर्दै आइरहेकोे बताएको छ ।

हाल कम्पनीले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको