नेप्से २८ सय माथि पुगेर फर्कियो, कारोबार रकम २१ अर्ब माथि

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य करेक्सन देखिएको छ । आज नेप्से ५.२९ अंकले घटेर दुई हजार ७५५.२९ बिन्दुमा बजार बन्द भयो ।

यस दिन हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड, शुभम पावर लिमिटेड र कुथेली बुखारी स्माल हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै सिटी होटल लिमिटेडको शेयरमूल्यमा पनि सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा करेक्सन देखिए पनि आज पनि शेयर बजारमा उच्च रकमको कारोबार भएको छ ।

आज २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँ बराबरको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता शेयर खरिदबिक्री भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको