एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको प्रतिफल घोषणा

एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले गत आर्थिक वर्षको मुनाफाबाट  प्रतिफल घोषणा गरेको छ।

फण्डले करसहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। गत साउन १७ गते बसेको फण्डको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लाभांश वितरण प्रयोजनार्थ फण्डले साउन १७ गते बिहीबार बुकक्लोज गर्ने भएको छ। यो एक खुलामुखी योजना भएकोले इकाईधनीहरुले आफुले प्राप्त गर्ने लाभांश बराबरको रकमबाट सो लाभांश वितरणपश्चात समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना मार्फत थप इकाईहरु पनि खरिद गर्न सक्नेछन्।

पुनः लगानी गर्न इच्छुक इकाईधनीहरुले साउन ३२ गतेसम्म आफ्नो नाम दर्ता गर्नुपर्ने क्यापिटलले बताएको छ।यो एनआईसी एशिया बैंकले सञ्चालन गरेको खुलामुखी योजना हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको